लोड हुँदैछ...

मेनु

सुनको मूल्यमा भारी गिरावट : एकैदिन तोलामा ४ हजार ६०० ले घट्यो

सुनको मूल्यमा भारी गिरावट : एकैदिन तोलामा ४ हजार ६०० ले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुन र चाँदीको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले ओरालो लागेको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८२० रुपैयाँ र बुधबार ४ हजार ९२० रुपैयाँ कायम भएको थियो ।

पछिल्लो केही दिनदेखि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ, जसले गर्दा उपभोक्ताहरूलाई केही राहत मिलेको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै कारण स्थानीय बजारमा पनि मूल्य समायोजन भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds