लोड हुँदैछ...

मेनु

साताको अन्तिम दिन नेप्से बढ्यो, सूचक १४.२१ अंकले उकालो

साताको अन्तिम दिन नेप्से बढ्यो, सूचक १४.२१ अंकले उकालो

विराटनगर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार घटेको नेप्से यस दिन भने सुधारिएको हो।

बिहीबार नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स १.९८ अंकले बढ्दा फ्लोट इन्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७२ अंकले वृद्धि भएका छन्।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। बुधबार १५ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३४३ स्टकको १ लाख ४२ हजार ७३४ पटकको कारोबारमा १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँबराबरको ३ करोड ४ लाख ३८ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै नेशनल हाइड्रोपावर र रिडी पावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ भने शुभम् पावरको मूल्य करिब ६ प्रतिशतले वृद्धि भएको छ। यता पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ७.४८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहँदै ९४ करोड २९ लाख रुपैयाँको कारोबार गरेको छ। त्यसपछि एसवाई प्यानल नेपालको करिब ७२ करोड रुपैयाँ र नेशनल हाइड्रोपावरको ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढ्दा ३ उपसमूह घटेका छन्। जलविद्युत उपसमूह सर्वाधिक १.५६ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह करिब साढे १ प्रतिशतले उकालो लागेको छ। व्यापार उपसमूह भने सर्वाधिक २.८४ प्रतिशतले घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।