कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूले धारणा राख्ने
विराटनगर । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बिहान ८:३० बजे पुनः बस्ने भएको छ। शनिबार इदको बिदा परेकाले बैठक एक दिन रोकिएको थियो।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार, सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा चुनावी समीक्षा र सांगठनिक विषयमा छलफल जारी रहनेछ। सभापति गगन थापाको राजीनामा पछि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बैठक सञ्चालन भइरहेको छ।
बैठकमा शुक्रबार पेस भएको चुनावी प्रतिवेदनमाथि नेताहरूले टिप्पणी गरिरहेका छन्। अघिल्लो बैठकमा प्रदेश सभापतिहरू र केही केन्द्रीय सदस्यहरू गरी २३ जनाले बोलिसकेका छन् भने आज बाँकी सदस्यहरूले आफ्ना धारणा राख्ने तयारी छ। चुनावी हारको समीक्षा र नेतृत्वको विषयले आजको बैठकमा पनि प्राथमिकता पाउने देखिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।