लोड हुँदैछ...

मेनु

रास्वपा सांसदहरूको अभिमुखीकरण आजदेखि : मोबाइल प्रयोग र बाह्य व्यक्तिसँगको भेटघाटमा रोक

रास्वपा सांसदहरूको अभिमुखीकरण आजदेखि : मोबाइल प्रयोग र बाह्य व्यक्तिसँगको भेटघाटमा रोक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आज मंगलबारदेखि विशेष अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सुरु गर्दैछ। ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा बिहान ९ बजेदेखि सुरु हुने यस कार्यक्रमको बारेमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

प्रशिक्षणमा पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, तथा महामन्त्री बुर्लाकोटीका साथै केही आमन्त्रित प्रशिक्षकहरूले सांसदहरूलाई प्रशिक्षण दिने तालिका रहेको छ।

महामन्त्री बुर्लाकोटीले प्रशिक्षणमा सहभागी हुने सांसदहरूका लागि कडा आचारसंहिता र निर्देशन समेत जारी गरेका छन्। यो प्रशिक्षण कार्यक्रम पूर्णतः आवासीय हुनेछ र कार्यक्रम अवधिभर हलभित्र मोबाइल फोन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ। महामन्त्रीद्वारा जारी सूचनाको दोस्रो बुँदामा हलमा मोबाइल फोन प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ।

यसैगरी, रास्वपाले कार्यक्रम स्थलमा सांसदहरूका परिवारका सदस्य, साथीभाइ वा अन्य कुनै पनि पाहुनालाई बोलाउन रोक लगाएको छ। प्रशिक्षण अवधिभर सांसदहरूले बाह्य व्यक्तिसँग भेटघाट गर्न र फोटो खिच्न समेत नपाउने गरी निषेध गरिएको पार्टीले जनाएको छ। प्रशिक्षणलाई थप प्रभावकारी र अनुशासित बनाउन यस्तो कडा नियम लागू गरिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।