लोड हुँदैछ...

मेनु

नेप्से २६.०७ अंक घट्यो, कारोबार रकम पनि खुम्चियो

नेप्से २६.०७ अंक घट्यो, कारोबार रकम पनि खुम्चियो

विराटनगर । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन बढेको बजार यस दिन भने ओरालो लागेको हो।

सोमबार नेप्से परिसूचक २६.०७ अंक घटेर २७९८.८३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ६.३८ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१० अंकले घटेको छ।

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन आइतबार १४ अर्ब ३२ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा सोमबार ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकको कारोबारमा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँबराबरको ३ करोड ७ लाख ९० हजार कित्ता सेयर किनबेच भएको छ।

यस दिन ४ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किटमा पुगेका हुन्। त्यस्तै होटल फरेष्ट इनको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ। घटेका सेयरमध्ये कुनैको पनि गिरावटदर साढे ४ प्रतिशतभन्दा बढी देखिएको छैन।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै नेशनल हाइड्रोपावरको ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ४१ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये सोमबार १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ। बैंकिङ, लगानी र अन्य उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा बढीले घटेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।