लोड हुँदैछ...

मेनु

इरानद्वारा विश्वकै रणनीतिक ‘होर्मुज जलमार्ग’ बन्द : तेल आपूर्तिमा संकट आउने संकेत

इरानद्वारा विश्वकै रणनीतिक ‘होर्मुज जलमार्ग’ बन्द : तेल आपूर्तिमा संकट आउने संकेत

काठमाडौं। इरानले विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक मानिने ‘होर्मुज स्ट्रेटबन्द गरिदिएको छ। इरानको रिभोल्युशनरी गार्ड्सले खाडी क्षेत्रमा रहेका जहाजहरूलाई हाई–फ्रिक्वेन्सी रेडियो सन्देश पठाउँदै यस रणनीतिक समुद्री मार्गबाट नजान चेतावनी दिएको हो।

होर्मुज जलमार्गलाई विश्वव्यापी तेल र ग्यास आपूर्तिको मुख्य मेरुदण्ड मानिन्छ। यो एक साँघुरो जलमार्ग हो, जसले फारसको खाडीलाई ओमानको खाडी हुँदै अगाडि अरब सागरसँग जोड्दछ। यसको भौगोलिक अवस्थिति हेर्दा उत्तरतर्फ इरान पर्छ भने दक्षिणतर्फ ओमान र संयुक्त अरब इमिरेट्स ९युएई० रहेका छन्। यस क्षेत्रका सबै छिमेकी देशहरू प्रमुख तेल उत्पादक भएकाले विश्वभरको तेल आपूर्ति यही मार्गमा निर्भर रहने गर्दछ।

भौगोलिक रूपमा यो जलमार्ग करिब १६७ किलोमिटर लामो छ। यसको दुवै मुख करिब ५० किलोमिटर चौडा भए पनि सबैभन्दा साँघुरो भाग मात्र ३३ किलोमिटर चौडा छ। समुद्री आवागमनलाई व्यवस्थित गर्न यसमा तीन किलोमिटर चौडाइको विशेष ुशिपिङ लेनु निर्धारण गरिएको छ। इरानले यो मार्ग बन्द गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने र विश्वव्यापी ऊर्जा संकट निम्तिन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।