विर्तामोड । झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा ९ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिका लागि १० अर्ब ५५ करोड २० लाख ३४ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएको थियो ।
लक्ष्यभन्दा केही कम समग्र सङ्कलन भएपनि माघ महिनामा भने उल्लेखनीय प्रगति देखिएको छ। माघमा मात्रै १ अर्ब ५१ करोड ३४ लाख ३१ हजार रुपैयाँ राजस्व उठेको छ, जुन सो महिनाका लागि निर्धारण गरिएको लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो।
चालु आर्थिक वर्षमा मेची भन्सार कार्यालयले कुल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।