काठमाण्डौं । नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बूको सुमधुर स्वरमा सजिएको यस गीतले वैदेशिक जीवन र प्रेमको भावनात्मक कथालाई प्रस्तुत गरेको छ।
गीतको शब्द तथा संगीत नोबिन जेके ले तयार पारेका हुन्। आधुनिक मेलोडी र समसामयिक भावनालाई समेटिएको यस गीतमा रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भोला पौडेल ले गरेका छन्। स्टुडियो ध्वनि डिजाइनमा पनि पौडेलकै योगदान रहेको छ, जसले गीतलाई प्राविधिक रूपमा परिष्कृत बनाएको छ।
गीतको भिडियोतर्फ कलाकार निशान एसके र कविता न्यौपाने ले अभिनय गरेका छन्। वैदेशिक भूमिमा रहेका नेपाली युवायुवतीको प्रेम, संघर्ष र सम्झनालाई कथात्मक शैलीमा प्रस्तुत गरिएको भिडियोले दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।