इटहरी । सुनसरीको दुहबी नगरपालिका–८ मा मामा घरमा बस्दै आएका २४ वर्षीय सुनिल माझी मङ्गलवार दिउँसोदेखि बेपत्ता भएका छन्।
करिब दिउँसो ३ बजेतिर दुहबी–१० स्थित बलकुन्डाबाट रामधुनी नगरपालिका–७ इचौलतर्फ जाने क्रममा उनी सम्पर्कविहीन भएका हुन्।
परिवारका अनुसार माझी रातो वर्णका र करिब ५ फिट ८ इन्च उचाइका छन्। उनी मानसिक रूपमा पूर्ण सन्तुलित नभएको र बोल्न नसक्ने अवस्था रहेको जनाइएको छ।
उनले कानले राम्रोसँग सुन्न सक्छन् । उनको हातमा आफ्नो नाम तथा लोकेसन ट्याटु खोपिएको बताइएको छ। उनी हराएपछि परिवारले खोजी कार्य तीव्र पारेको छ।
माझीबारे कसैले देखेमा वा कुनै जानकारी पाएमा ९८१२३७१०३३ वा ९८१०४५०५०६ नम्बरमा सम्पर्क गर्न अथवा नजिकको प्रहरी चौकीमा जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।