विराटनगर । रामेछापमा तामाकोशी नदिमा यात्रुबाहक बस खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
यात्रुवहाक बस मंगलबार मन्थली नगरपालिका ६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको थियो।
दुर्घटनमा परी ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्यामकष्ण थापाले जानकारी दिए । उनकाअनुसार प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको सडकबाट तामाकोशी नदीमा खसेको हो।
घाइते ८ जनाको उद्धार गरी अस्पतालमा पुर्याइएको छ। ५ जनाको बसबाट र एक जनाको बगेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । बसभित्र कति थिए यकिन हुन नसकेको बताइएको छ ।
चालकले २०–२२ जना रहेको जानकारी दिएका छन् । अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बसमा चालक, सहचालक र बस व्यवसायी ३ जना र बाटोबाट चढेका गरी १३ यात्रुले टिकट लिएको खुलेको छ ।
घटनास्थलमा उद्धार गर्न जिल्ला प्रहरी कार्यालय रामेछाप, सशस्त्र प्रहरी बल गुल्म रामेछाप, विपद व्यवस्थापन बेश खुर्कोटबाट टोली परिचालन भएको छ। काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।