लोड हुँदैछ...

मेनु

सप्तरीको दुधैला खोलामा विस्फोट हुँद चार बालक घाइते

सप्तरीको दुधैला खोलामा विस्फोट हुँद चार बालक घाइते

विराटनगर । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन् । पिकनिक गएका बालकहरुले खेल्ने क्रममा भेटाएको सकेट आगो बालेको ठाउँ नजिकै राखेका थिए । उक्त सकेट तातिएपछि विस्फोट भएको थियो ।

विस्फोटमा परी ११ वर्षे साहस आले, ९ वर्षका प्रशिस थापा मगर, १६ वर्षका कविर थापा मगर र १३ वर्षक सुरज विक घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई छर्रा लागेको छ ।

चारै जनालाई मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचारपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको छ । घाइतेमध्ये साहस र प्राशिसको खुट्टा र शरीरका विभिन्न भागमा र कविर र सुरजको शरीरको विभिन्न भागमा छर्रा लागेको छ ।

उक्त स्थान नेपाली सेनाको अभ्यास स्थल रहेको र सेनाले बिर्सिएर छोडेको वा बम विस्फोट गर्ने क्रममा असफल भई हराएको बम बिस्फोट भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।