लोड हुँदैछ...

मेनु

रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा बालिकाको मृत्यु

रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा बालिकाको मृत्यु

जनकपुर। रौतहट २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहेका सगिर आलम सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

स्थानीयका अनुसार बालिकालाई ठक्कर दिएपछि गाडीमा सवार उम्मेदवार सगिर आलम र सवारी चालक घटनास्थलबाट फरार भएका छन् ।

ठक्कर दिने गाडी भने रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। ईशनाथ नगरपालिका ४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुनको सवारी दुर्घटनामा मृत्यु भएको हो । मृतक अलसा खातुन सोही स्थानका बासिन्दा शेख साजिरकी छोरी हुन् ।

प्रहरी स्रोतका अनुसार बा– १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।