लोड हुँदैछ...

मेनु

रास्वपा उम्मेदवार चौधरीलाई बयानको लागि अख्तियारले बोलायो

रास्वपा उम्मेदवार चौधरीलाई बयानको लागि अख्तियारले बोलायो

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सप्तरी ३ का उम्मेदवार अमरकान्त चौधरीसहित नौजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ।

अख्तियारले सप्तरीको डाक्नेश्वरी नगरपालिकालाई चौधरीसहित नौजनालाई उपस्थिति गराइदिन पत्राचार गरेको छ।

जिल्ला सप्तरी ढाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ स्थित पर्ने श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरीसमेतको मिलेमतोमा भवन निर्माण कार्यमा भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको छ । उजुरीको अनुसन्धान भइरहेकोमा केही आवश्यक कुराहरू सोधपुछ बयान गर्नुपर्ने भएको हुँदा नागरिकताको प्रमाणित प्रतिलिपिसहितका कागजहरू उपलब्ध गराई निजहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उपस्थित हुन अख्तियारले गाउँपालिकालाई पत्र पठाएको छ।

पूर्वसांसद तथा दिवंगत नेता चन्द्रकान्त चौधरीका छोरा अमरकान्त चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । उनी भ्रष्टाचारमा मुछिएको कारण अख्तियारले बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।