लोड हुँदैछ...

मेनु

विराटनगरमा ‘सायस फुटसल’ सञ्चालन, माघसम्मका लागि विशेष छुट

विराटनगरमा ‘सायस फुटसल’ सञ्चालन, माघसम्मका लागि विशेष छुट

विराटनगर । विराटनगर–४ स्थित पिपल चोक पश्चिममा अत्याधुनिक सुविधासहितको ‘सायस फुटसल एरिया’ सञ्चालनमा आएको छ। युवा उद्यमी सर्वेश पोखरेलले करिब ८० लाख रुपैयाँको लगानीमा उक्त फुटसल सञ्चालनमा ल्याएका हुन् ।

गत सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यो फुटसल दुई कठ्ठा क्षेत्रफलमा फैलिएको छ। खेलकुदको विकास र स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै निर्माण गरिएको यस फुटसलको मैदान ८० फिट लम्बाइ र ४५ फिट चौडाइको रहेको छ।

फुटसल सञ्चालनको अवसर पारेर सञ्चालकले विशेष छुटको अफरसमेत ल्याएका छन्। माघ महिनाभर प्रतिघण्टा ९ सय रुपैयाँमा खेल्न पाइने व्यवस्था गरिएको छ। माघपछि भने नियमित शुल्क प्रतिघण्टा १ हजार रुपैयाँ कायम हुने सञ्चालक पोखरेलले जानकारी दिए । यसका साथै नियमित खेल्नेहरूका लागि मासिक २५ हजार रुपैयाँको विशेष प्याकेजसमेत उपलब्ध गराइएको छ।

फुटसल परिसरमै व्यवस्थित क्याफेको सुविधासमेत रहेको छ। यस आधुनिक फुटसल तथा क्याफेले खेलकुदसँगै शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन र स्वास्थ्यवर्धक खानपानलाई एउटै स्थानमा जोड्ने लक्ष्य लिएको छ।

“हामीले सबै उमेर समूहका खेलप्रेमीहरूका लागि एउटा आकर्षक र स्वस्थ वातावरण दिने प्रयास गरेका छौँ,” सञ्चालक पोखरेलले भने, “यहाँ खेलसँगै खानपान र शारीरिक व्यायामलाई पनि प्राथमिकता दिइएको छ।” पछिल्लो समय विराटनगरमा फुटसलप्रति युवाहरूको आकर्षण बढ्दै गएकाले यसले खेल क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।