विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरूलाई लक्षित गरी एकदिने निःशुल्क क्यान्सर तथा स्त्रीरोग स्वास्थ्य शिविर एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको आयोजना र बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा यो कार्यक्रम गरिएको हो ।
शिविरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कोशी प्रदेश प्रहरी कार्यालय, कोशी प्रदेश प्रहरी तालिम केन्द्र र कोशी प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत प्रहरी कर्मचारीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरे। सो अवसरमा अस्पतालकी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीले क्यान्सर रोगको पहिचान, उपचार पद्धति र सचेतनाबारे प्रशिक्षण दिए। उनले कुनै पनि रोगलाई सुरुमै पहिचान गरी उपचार गर्न सके रोगबाट बच्न सकिने कुरा बताए।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले प्रहरी कर्मचारीहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएकोमा चिकित्सक टोली र बिराट मेडिकल कलेजलाई धन्यवाद दिए। कार्यक्रममा प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरीया लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।