लोड हुँदैछ...

मेनु

प्रहरीलाई नियन्त्रण होइन, सक्षम बनाउन चाहन्छौँ : गृहमन्त्री अर्याल

प्रहरीलाई नियन्त्रण होइन, सक्षम बनाउन चाहन्छौँ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयले प्रहरी प्रशासनलाई नियन्त्रण गर्ने नभई थप सक्षम र सुदृढ बनाउन चाहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले मन्त्रालय प्रहरीका लागि केवल आदेश दिने निकाय मात्र नभएर अभिभावक पनि भएको स्पष्ट पारे ।

“गृह मन्त्रालय प्रहरीलाई नियन्त्रण गर्न होइन, व्यावसायिक रूपमा सक्षम बनाउन चाहन्छ,” मन्त्री अर्यालले भने, “प्रहरीलाई नीतिगत स्पष्टता, संस्थागत मजबुती र व्यावसायिक स्वतन्त्रता प्रदान गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ ।”

समारोहमा बोल्दै उनले नवदीक्षित प्रहरी अधिकृतहरूलाई शक्तिको दुरुपयोग रोक्न र भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलता अपनाउन निर्देशन दिए । उनले प्रहरी संगठन पूर्णरूपमा तटस्थ र व्यावसायिक हुनुपर्नेमा जोड दिँदै कानूनको परिधिभित्र रहेर मात्र परिचालन हुन आग्रह गरे ।

आगामी निर्वाचनको सन्दर्भमा बोल्दै गृहमन्त्री अर्यालले कुनै पनि शक्ति वा तत्वले नेपाल प्रहरीको निष्पक्षतालाई कमजोर पार्न नपाउने दृढता व्यक्त गरे । उनले विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि प्रहरीले सफलतापूर्वक र निष्पक्ष रूपमा जिम्मेवारी पूरा गरी आफ्नो व्यावसायिक दक्षता प्रमाणित गर्नेमा आफू विश्वस्त रहेको बताए ।

दीक्षान्त समारोहमा प्रहरीका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।