लोड हुँदैछ...

मेनु

अतिअशक्त महिलालाई घरमै पुगेर नागरिकता प्रदान

अतिअशक्त महिलालाई घरमै पुगेर नागरिकता प्रदान

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–३ सिवुवाकी ४३ वर्षीया चन्द्रकुमारी बानियाँलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ।

अतिअशक्त अवस्थाकी बानियाँले आवश्यक सम्पूर्ण कागजातसहित पुस १९ गते जिल्ला प्रशासन कार्यालय संखुवासभामा नागरिकताका लागि निवेदन दिएकी थिइन्।

निवेदन प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयको टोली शनिबार उनको घरमै पुगेर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार मतदान स्थल निरीक्षण, स्थानीय तहसँग निर्वाचन तयारी तथा आचारसंहिता पालना सम्बन्धी अन्तरक्रियाका क्रममा गाउँ पुगेको अवसर पारेर नागरिकता वितरण गरिएको हो ।

घरमै नागरिकता पाएपछि बानियाँले राज्यका सेवा सुविधा लिन सहज हुने विश्वास व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।