विरगंज । बारा जिल्लाको परवानीपुर गाउँपालिका १ स्थित रहरियाडीमा आज बिहान अज्ञात व्यक्तिले आमाछोराको हत्या गरेका छन् । घटनामा बुवासहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुमाथि धारिलो हतियार प्रहार भएको पाइएको छ।
घटनामा रहरियाडीका ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको हत्या भएको हो । बुवा जगरुक मण्डल गम्भीर घाइते छन् । एकजना व्यक्ति घरभित्र पसेर बिहान करिब ३ बजेतिर धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हतियार प्रहार गरेर ज्यान लिएको बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।