लोड हुँदैछ...

मेनु

मंगलबार ४२ अंकले घट्यो नेप्से, १४ अर्बको कारोबार

मंगलबार ४२ अंकले घट्यो नेप्से, १४ अर्बको कारोबार

विराटनगर । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन सोमबार सामान्य गिरावट देखिएको नेप्से मंगलबार भने साढे १ प्रतिशतले ओरालो लाग्दै ४२.५८ अंक घटेर २७२६.५१ विन्दुमा झरेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ७.३७ अंकले घट्दा फ्लोट इण्डेक्स ३.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अंकले घटेका छन् । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । सोमबार १६ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३३३ स्टकको १ लाख ४२ हजार ४७६ पटकको कारोबारमार्फत १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर किनबेच भएको छ।

शेयर मूल्य बढ्ने कम्पनीतर्फ यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सर्वाधिक ८.५६ प्रतिशतले बढेको छ । त्यस्तै, दरमखोला हाइड्रो इनर्जी र माया खोला हाइड्रोपावरको शेयर मूल्य करिब साढे ८ प्रतिशतले उकालो लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य साढे ६ प्रतिशतले बढेको छ । घट्ने कम्पनीतर्फ कारोबारमा आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर मूल्य सर्वाधिक ६.९३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको मंगलबार ५७ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि एसवाई प्यानल नेपालको साढे ५७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम ५१ करोड रुपैयाँ नाघेको छ।

उपसमूहतर्फ १३ मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूह स्थिर रहेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशतले घटेको छ। साथै बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा तथा अन्य उपसमूहका परिसूचकहरू पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।