विराटनगर । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्ने तयारी गरेको मधेस सभा स्थगित भएको छ । निर्वाचन आचार संहिता क्रियाशील भएका कारण उक्त सभा स्थगित गरिएको हो ।
माघ १५ गते काठमाडौंबाट निर्वाचन अभियान औपचारिक रुपमा सुरु गरी माघ १६ गते जनकपुरमा मधेश सभा आयोजना गर्ने तयारी गरेको कांग्रेसले निर्वाचन आचारसंहिताको फागुन ४ गतेभन्दा अगाडि सभा र जुलुस गर्न नपाइने व्यवस्थाका कारण स्थगित गरेको हो ।
प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ताको अघिल्लो दिनदेखि आयोगले आचारसंहिता लागू गरेको थियो। मनोनयन दर्ता माघ ६ गते भएको थियो।
मधेस सभाको अर्को मिति छलफल गरी तय गरिने बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।