लोड हुँदैछ...

मेनु

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, सुन तोलाको १ लाख ८२ हजार

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान, सुन तोलाको १ लाख ८२ हजार

विराटनगर । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार सुनको भाउ एकैदिन तोलामा ४ हजार २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो । सोमबार उक्त रेकर्ड तोडिँदै सुनको मूल्य अझै माथि पुगेको हो ।

चाँदीको मूल्यले पनि सोमबार नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ ।

यसअघि चाँदीको मूल्य गत बुधबार प्रतितोला ५ हजार ६५५ रुपैयाँ पुगेर अधिकतम रेकर्ड बनाएको थियो । सोमबारको मूल्य वृद्धिसँगै सुनचाँदी दुवैको बजार ऐतिहासिक उचाइमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।