विराटनगर । नेपाली बजारमा आज बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि मंगलबार पनि सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो।
मंगलबार सुन प्रतितोला २ लाख ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। यो अघिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार पाँच सय रुपैयाँ महँगो हो।
सुनसँगै चाँदीको मूल्य पनि बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। मंगलबार प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रुपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागिरहेको छ। आज सुन प्रतिऔंस चार हजार ६ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै यसको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।