विराटनगर । मंगलबार सेयर बजारको नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसुचक ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा बन्द भएको हो।
परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसदिन ३४९ वटा स्टकको १ करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर कारोबार भयो ।
कारोबार भएका कम्पनीमध्ये ११८ कम्पनीको सेयरमूल्य बढ्यो भने १३४ कम्पनीको घट्यो। आठ कम्पनीको मूल्य स्थिर रह्यो। थ्री–स्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता ८३१ रुपैयाँ ६० पैसामा पुगेको छ। दोर्दी खोला जलविद्युतको मूल्य ९.३८ प्रतिशतले बढेर २८० रुपैयाँ पुगेको छ।
घट्ने कम्पनीतर्फ रसुवागढी हाइड्रोपावरको सेयरमूल्य ६.०९ प्रतिशतले घटेर प्रतिकित्ता २७६ रुपैयाँ १० पैसामा झरेको छ। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ८१९ रुपैयाँमा ५४ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको एसवाई प्यानलको ३४ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भयो।
मंगलबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने छ समूहको घटेको छ । यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।