लोड हुँदैछ...

मेनु

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम पाँच अर्बमा सीमित

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम पाँच अर्बमा सीमित

विराटनगर । बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर २६३५.९४ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा नेप्से १३.३५ अंकले घटेको हो।

यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन सात अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार पाँच अर्ब १७ करोड रुपैयाँमा सीमित भएको छ। कुल ३२३ कम्पनीका एक करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर किनबेच भएका छन्।

बजारमा ६२ कम्पनीको सेयरमूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ। १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नारायणी विकास बैंकको सेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ३९५ रुपैयाँ पुगेको छ। त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सको सेयरमूल्य ३.३५ प्रतिशतले बढेर प्रतिकित्ता ८१५ रुपैयाँ कायम भएको छ।

घट्ने कम्पनीतर्फ एसवाई प्यानलको सेयरमूल्य सर्वाधिक ८.४५ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार १९० रुपैयाँ १० पैसामा झरेको छ। कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नै अग्रस्थानमा रह्यो। उक्त कम्पनीको २६ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको श्रीनगर एग्रिटेकको प्रतिकित्ता ९७० रुपैयाँ १० पैसामा २३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक बढेको देखिएको छ। समूहगत रूपमा होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।