काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९३ अंकले बढेको छ । ७ अर्ब १२ करोड २३ लाख ३६ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६४९.३० बिन्दुमा पुगेको हो ।
आज १४८ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १०३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
आज जीवन विकास लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने रुरु जलविद्युत् कम्पनीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।