विराटनगर । सन् २०२५ को अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ ।
बुधबार नेप्से परिसूचक १०.५३ अंक बढेर २६३३.७६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १.४२ अंक, फ्लोट इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले बढेका छन् ।
यस दिन कारोबार रकम पनि बढेको छ । बुधबार २६० कम्पनीको १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । यसअघि सोमबार ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस दिन एसवाई प्यानल नेपाल र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा १बढेको छ । पियोर इनर्जी कम्पनीको शेयरमूल्य ६.४७ प्रतिशतले बढ्दा विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा ग्रिन भेन्चर्स कम्पनी शीर्ष स्थानमा रहँदै १७ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजमको करिब १५ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । तीमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक १.६१ प्रतिशतले बढेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।