काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की प्रमुख खालिदा जियाको निधन भएको छ । ८० वर्षीया जियाको आज बिहान उपचारका क्रममा निधन भएको हो ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनी विगत २० दिनदेखि अस्पतालमा भेन्टिलेटरमा थिइन् । जिया लामो समयदेखि फोक्सोको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, गठिया ९बाथ० र आँखाको समस्याबाट पीडित थिइन् ।
खालिदा जिया बंगलादेशको राजनीतिमा एक प्रभावशाली व्यक्तित्व हुन् । उनी सन् १९९१ देखि १९९६ र पुनस्.सन् २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशकी प्रधानमन्त्री बनेकी थिइन् । उनी बंगलादेशका पूर्वराष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुन् ।
उनका दुई छोरामध्ये जेठा छोरा तारिक रहमान हाल बीएनपीका कार्यकारी अध्यक्ष हुन् । सन् २००८ देखि लन्डनमा बस्दै आएका तारिक यसै महिना मात्रै बंगलादेश फर्किएका थिए । उनका कान्छा छोरा अराफात रहमानको भने सन् २०१५ मा हृदयघातका कारण निधन भएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।