लोड हुँदैछ...

मेनु

सुन प्रतितोला १३ सय रुपैयाँ बढयो

सुन प्रतितोला १३ सय रुपैयाँ बढयो

विराटनगर। आइतबार सुनको मूल्यले अर्को ‘रेकर्ड’ बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगो बनेको छ ।

यस दिन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार नि कीर्तिमान कायम भएको थियो । सो दिन तोलामै १८ सय रुपैयाँ बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलाको चार हजार ८३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

शुक्रबार भने चार हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।