लोड हुँदैछ...

मेनु

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको निर्वाचनमा छ पदका लागि १५ जनाको उम्मेदवारी

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको निर्वाचनमा छ पदका लागि १५ जनाको उम्मेदवारी

विराटनगर । पुस १७ गते हुने पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको छ पदका लागि १५ जनाको उम्मेदवारी परेको छ । आठ जना केन्द्रय सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् ।

सभापतिमा चार जनाको उम्मेदवारी परेको छ । सभापतिमा नविन लामिछाने, डाक्टर निरज कुमार मिश्र, नरेश कुमार साह र भुपेन्द्र बाह्रकोटीको उम्मेदवारी परेको छ । त्यस्तै, उपसभापतिमा तीन जनाको उम्मेदवारी परेको छ । शंकर प्रसाद दाहाल, दृष्टि वस्ती र जीवन थापाको उम्मेदवारी परेको निर्वाचन समिति सदस्य दिपक कुमार खतिवडाले जानकारी दिए । जीवन थापाले उपसभापतिमा दोहो¥याएका हुन् । उनी निवर्तमान उपसभापति हुन् ।

त्यसैगरी, महासचिवमा दुई जनाको उम्मेदवारी परेको छ । महासचिवमा दुर्गा प्रसाद वास्तोला र डाक्टर प्रसन्न दाहालको उम्मेदवारी परेको हो । सचिवमा पुकार चौधरी, र दिक्षा पौडेलको उम्मेदवारी परेको छ । उम्मेदवारी दिएका रमण कुमार कर्णले उम्मेदवारी फिर्ता लिएपछि सचिवको प्रतिस्पर्धामा दुई जना मात्र बाँकी रहेका हुन् । त्यस्तै कोषाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा प्रमिला सिन्हा र अविनाश कुमार मण्डलको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा रोहित शर्मा र भोला नाथ लुुईंटेलको उम्मेद्वारी परेको छ ।

छ जना केन्द्रीय सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेहरुमा महिला सदस्यमा अस्मिता श्रेष्ठ, ईञ्जिनियरिङ क्याम्पसबाट जगरनाथ साह, कृषि तथा वन विज्ञान क्याम्पसबाट मदन बहादुर थापा छन् । त्यस्तै विज्ञान तथा प्रविधि क्याम्पसबाट राकेश ठाकुर, मेडिकल क्याम्पसबाट सुशिल रेग्मी, शिक्षण अस्पतालबाट राकेश कुमार अधिकारी, व्यवस्थापन क्याम्पसबाट प्रदिप के.सी. र जनता आदर्श बहुमुखी क्याम्पसबाट मनोज कुमार मेहता निर्विरोध निर्वाचित भएका छन् । बाँकी छ पदका लागि पुस १७ गते निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।