विराटनगर । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबिच एकता गर्ने सहमति भएको छ ।
राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बसेको बैठकले दुई पार्टीबिच एकता गर्ने सहमति भएको राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले बताए । बैठकमा दुवै पार्टीका नेताहरु सहभागी थिए ।
पार्टीमा थापाको सम्मानजनक सहभागिता रहने बताइएको छ । उनीहरूबिच आजै सहमतिपत्रमा हस्ताक्षर हुनेछ । गत महाधिवेशनमा पराजित भएपछि थापाले राप्रपा छोडेका थिए।आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । सोही निर्वाचनको मुखमा एकताको सहमति भएको हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।