काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरू पनि सहभागी हुने छन् ।
बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका, आसन्न प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसको गत केन्द्रीय कार्यसमिति बैठकले पुस २६ गतेदेखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, क्रियाशील सदस्यता नटुंगेको लगायतका कारण कार्यतालिका प्रभावित भएपछि हेरेफेर गर्ने तयारी छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।