लोड हुँदैछ...

मेनु

नेकपा पाँचथरबाट मिक्सोको नाम सर्वसम्मत सिफारिस

नेकपा पाँचथरबाट मिक्सोको नाम सर्वसम्मत सिफारिस

विराटनगर । आगामी २०८२ फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथर जिल्लाबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले हर्कबहादुर नेम्वाङ (मिक्सो) को नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ ।

पार्टीको मंगलबार बसेको जिल्लास्तरीय बैठकले सर्वसम्मत रुपमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

स्थानीय नेता दिनेश लावतीका अनुसार जिल्ला कार्यसमितिको बैठकले नेम्वाङको उम्मेदवारीलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । एकभन्दा धेरै दावेदार रहेको अवस्थामा जेनजी र महिलासहित पाँच जनाको नाम पठाउने पार्टी केन्द्रले परिपत्र गरेको भएपनि नेम्बाङको नाममा सर्वसम्मति भएकोलले एकल सिफारिस भएको नेताहरुले बताएका छन् ।

तत्कालीन नेकपा माओवादी कोशी प्रदेशका अध्यक्षसमेत रहेका नेम्वाङ अनुभवी र पुराना राजनीतिक कार्यकर्ता हुन् । जनयुद्धका क्रममा घाइते भएका उनलाई जिल्लामा एक इमान्दार र शालीन नेताको रूपमा हेरिन्छ ।

नेम्वाङको राजनीतिक यात्रा लामो भएपनि उनले हालसम्म कुनैपनि लाभको पद धारण गरेका छैनन् । उनको त्याग र पार्टीप्रतिको निष्ठाका कारण नै उनलाई यसपटक चुनावी मैदानमा उतारिएको सो पार्टीले जनाएको छ ।

नेकपाले पुस ११ गतेसम्म उम्मेदवार सिफारिस गर्नसक्न परिपत्र गरेको छ । उम्मेदवार सिफारिसको गृहकार्य जिल्लामा भइरहेको र ११ गतेसम्म प्रदेशका २स्८ वटै क्षेत्रको उम्मेदवार सिफारिस हुने तत्कालीन माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेती शुशिलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds