लोड हुँदैछ...

मेनु

रवि–बालेन भेटवार्ता

रवि–बालेन भेटवार्ता

काठमाडौं । जेलबाट धरौटीमा छुटे लगत्तै सक्रिय बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार काठमाडौंका मेयर बालेन शाहसँग भेट गरेका छन् ।

काठमाडौंको कमलपोखरीस्थित रास्वपाका पूर्वसांसद असिम शाहको घरमा भएको भेटवार्तामा रास्वपा उपसभापति डिपी अर्याल पनि सहभागी थिए । उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितीबारे छलफल भएको बताइएको छ ।

लामिछानेले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए। सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि रविले आफ्नो पहिलो राजनीतिक भेटघाट बालेन्द्र शाहबाट सुरु गरेका हुन्। लामिछाने आगामी निर्वाचनमा नयाँ शक्तिहरुबीच एकता गराउने अभियानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds