काठमाडौँ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक १९ दशमलव ९२ अङ्कले घटेर दुई हजार ५९५ दशमलव १० को विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार आज कुल ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री भएको छ। यस कारोबारबाट कुल ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ बराबरको कारोबार भएको छ।
आजको बजारमा म्युचुअल फन्ड बाहेक अन्य सबै समूहका उपसूचकहरू घटेका छन्। बजारमा दोहोरो अङ्कको गिरावट आए पनि एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।
यता, सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन्। उक्त बैंकको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ। समग्रमा आजको बजारमा बिक्री चाप बढी देखिँदा परिसूचकसँगै कारोबार रकममा पनि असर परेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।