लोड हुँदैछ...

मेनु

पार्टीका असन्तुष्टि मिडियामा नपोख्न एमाले अध्यक्ष ओलीको निर्देशन

पार्टीका असन्तुष्टि मिडियामा नपोख्न एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका कुनै पनि असन्तुष्टि वा गुनासाहरू सार्वजनिक सञ्चारमाध्यममार्फत व्यक्त नगर्न केन्द्रीय सदस्यहरूलाई कडा निर्देशन दिएका छन्।

पार्टीको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको शुक्रबार आयोजित प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको प्रतिष्ठामा आँच पुग्ने गरी कुनै पनि अभिव्यक्ति मिडियामा नदिन निर्देशन दिएका हुन् ।

बैठकमा बोल्दै ओलीले भने, ‘सार्वजनिक सञ्चारमाध्यममा गएर पार्टीको सम्बन्धमा वा प्रतिष्ठामा अलिकति पनि आँच पुग्ने खालका कुरा नआउन् भन्ने म आग्रह गर्न चाहन्छु। पार्टीको छवि जोगाउनु हामी सबैको दायित्व हो।’

अध्यक्ष ओलीले नेताहरूलाई आफ्नो असन्तुष्टि राख्नका लागि पार्टीभित्रकै वैधानिक बाटो प्रयोग गर्न सुझाएका छन्। यदि कसैलाई कुनै विषयमा चित्त नबुझेको भए मिडियामा गएर हल्ला गर्नुको सट्टा नेतृत्वलाई सिधै जानकारी गराउन सकिने उनले स्पष्ट पारे ।

‘असन्तुष्टि भए नेतृत्वसमक्ष व्यक्त गर्दा हुन्छ। त्यसका लागि मौखिक वा लिखित रूपमा आफ्ना कुरा राख्न सकिन्छ,’ओलीले बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई निर्देशन दिँदै भने।

अध्यक्ष ओलीले पार्टीको नीति र विधिभित्र रहेर मात्र आफ्ना मतहरू राख्न नेताहरूलाई सचेत गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds