विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष एमाले नेतृ उर्मिला राईले पार्टी परित्याग गरेकी छन् ।
पार्टी संगठन र नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै राईले एमालले परित्याग गरेकी हुन् । ग्रामीण तहमा बसेर संगठन गरिरहेको अवस्थामा एमाले नेतृत्वले मूल्यांकन गर्न नसकेको राईको छ । उनी एमालेको जिल्ला कमिटी सदस्य थिइन् ।
राई २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् । उनी राई राष्ट्रिय परिवर्तन पार्टीमा प्रवेश गरेकी छन् ।
राजेश पोर्तेलले अध्यक्ष रहेको सो पार्टी जेनजी प्रदर्शनका घाइते र सहिद परिवारलाई समेटेर निर्माण गरिएको नयाँ राजनीतिक दल हो ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।