लोड हुँदैछ...

मेनु

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ विवाद छानबिन गर्न धितोपत्र बोर्डद्वारा समिति गठन

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ विवाद छानबिन गर्न धितोपत्र बोर्डद्वारा समिति गठन

विराटनगर । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रियामा देखिएको विवादबारे छानबिन गर्न समिति गठन गरेको छ। बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने क्रममा भएका कामकारबाहीको निष्पक्ष छानबिनका लागि बोर्डले यो कदम चालेको हो।

अर्थ मन्त्रालयले गत पुस १ गते धितोपत्र बोर्डलाई पत्र पठाउँदै रिलायन्स स्पिनिङको आईपीओ निष्कासन प्रक्रियाबारे छानबिन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनको कार्यान्वयन गर्दै बोर्डको बिहीबार (पुस ४ गते) बसेको बैठकले बोर्ड सदस्यद्वय विनोदकुमार भट्टराई र पीताम्बर भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

गठित समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने समयावधि तोकिएको छ। बोर्डका अनुसार यो समितिले आफ्नो कार्यसम्पादनका क्रममा आवश्यकता अनुसार अन्य विज्ञ वा सरोकारवाला व्यक्तिहरूलाई समेत आमन्त्रित गर्न सक्ने अधिकार पाएको छ। रिलायन्स स्पिनिङको आईपीओको मूल्य निर्धारण र बुक बिल्डिङ प्रक्रियामा प्रश्न उठेपछि सरकारको निर्देशनमा नियामक निकायले छानबिन प्रक्रिया अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।