काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण हुने भएको छ । गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्ले गत मंसिर २२ गते स्वीकृत गरेको कार्यविधिका आधारमा घाइतेहरूको अपांगताको
अवस्था र गम्भीरता हेरी आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउन यो प्रक्रिया अघि बढाइएको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको वर्गीकरणका लागि सिफारिस गर्ने र सोही आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणित गर्ने व्यवस्था मिलाइएको छ। घाइतेहरूको अवस्था पहिचान गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक प्राविधिक समिति रहनेछ, जसले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चार किसिममा वर्गीकरण गर्ने कार्यसूची छ।
कार्यविधि अनुसार अतिगम्भीर घाइतेले जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपैयाँ र गम्भीर घाइतेले मासिक नौ हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ। त्यसैगरी, मध्यम प्रकृतिका घाइतेले मासिक चार हजार रुपैयाँ भत्ता पाउने गृह मन्त्रालयले जनाएको छ






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।