लोड हुँदैछ...

मेनु

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै, पोलिटब्यूरो र स्थायी कमिटी गठन मुख्य एजेण्डा

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै, पोलिटब्यूरो र स्थायी कमिटी गठन मुख्य एजेण्डा

काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज (शुक्रबार) बस्दैछ। भक्तपुरमा सम्पन्न महाधिवेशनले बिहीबार नयाँ नेतृत्व चयन गरेपछि पहिलो बैठक बस्न लागेको हो।

पार्टी स्रोतका अनुसार बैठक दिउँसो १ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्केटमा बोलाइएको छ। गत मंसिर २७ गते भक्तपुरमा उद्घाटन भई पुस ३ गते बिहीबार नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न भएको थियो।

महाधिवेशन पछिको यो पहिलो बैठक भएकाले यसलाई निकै महत्वपूर्ण मानिएको छ। आजको बैठकले मुख्यतया पार्टीको आगामी कार्ययोजना तय गर्ने, पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, बैठकले महाधिवेशनको समीक्षा गर्नुका साथै पार्टीको नयाँ सांगठनिक संरचनालाई पूर्णता दिने र आगामी राजनीतिक कार्यदिशाका बारेमा समेत प्रारम्भिक छलफल गर्ने बताइएको छ। एमालेको नयाँ नेतृत्वमा को(को कुन जिम्मेवारीमा रहने भन्ने विषयमा पनि आजको बैठकले केही खाका तयार पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds