लोड हुँदैछ...

मेनु

एमाले उपमहासचिवमा ओलीका विश्वासपात्र विष्णु रिमाल पराजित

एमाले उपमहासचिवमा ओलीका विश्वासपात्र विष्णु रिमाल पराजित

काठमाडौँ । नेकपा (एमाले) को ११औं महाधिवेशन अन्तर्गत उपमहासचिव पदको निर्वाचन परिणाममा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने निवर्तमान उपमहासचिव विष्णु रिमाल पराजित भएका छन् । अध्यक्ष ओलीको प्यानलबाटै उम्मेदवारी दिएका रिमाल पराजित भएका हुन् ।

उपमहासचिवका लागि छुट्याइएका तीन पदमा संस्थापन ओली पक्षका दुई र अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल पक्षका एक जना उम्मेदवार विजयी भएका छन् । निर्वाचित हुनेहरूमा ओली पक्षका लेखराज भट्ट र रघुवीर महासेठ तथा पोखरेल पक्षका योगेश भट्टराई रहेका छन् । कुल २ हजार २ सय २७ खसेको मतमा लेखराज भट्टले सर्वाधिक १४५२ मत प्राप्त गरे । यस्तै रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराईले १३४८ मत ल्याएर विजय हासिल गरे ।

चौथो नम्बरमा परेर पराजित भएका रिमालले १०९१ मत मात्र प्राप्त गर्न सके । रिमाल ओली प्रधानमन्त्री रहँदा उनका प्रमुख राजनीतिक सल्लाहकार थिए भने उनी यसअघि पनि उपमहासचिवको जिम्मेवारीमा थिए । अध्यक्ष ओलीको ‘कोर टिम’ का सदस्य मानिने रिमालको पराजयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds