विराटनगर । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ।
यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ सय रुपैयाँले बढी हो। बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत सोमबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।
यसैगरी चाँदीको मूल्य पनि बढ्दै नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्ला दुई दिनयता चाँदीले लगातार उच्च मूल्यको रेकर्ड बनाइरहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।