लोड हुँदैछ...

मेनु

जाँचबुझ आयोगको म्याद थप हुने, ओली र लेखकसँग बयान लिने तयारी

जाँचबुझ आयोगको म्याद थप हुने, ओली र लेखकसँग बयान लिने तयारी

विराटनगर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित सबै सम्बन्धितलाई अर्को हप्ता बयानमा बोलाउने तयारी गरेको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को हप्ता बाँकी रहेका सबैलाई बयानका लागि बोलाइने जानकारी दिएका हुन्।

मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेर फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले आयोगले सबै सरोकारवालालाई बोलाउने बताए । पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पनि बोलाइने हो भन्ने प्रश्नमा उनले सबैलाई बयानमा बोलाइने बताए।

यसैबीच आयोगले काम नसकिएको भन्दै आफ्नो म्याद एक महिना थप गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ । सार्वजनिक विदा बढी परेको र प्रहरीले आवश्यक विवरण समयमै नदिँदा छानबिनमा ढिलाइ भएको अध्यक्ष कार्कीको भनाइ छ।

म्याद थपका विषयमा प्रधानमन्त्री सकारात्मक देखिएको कार्कीले जानकारी दिए । आयोगको म्याद सकिन लागे पनि अझै काम बाँकी रहेकाले एक महिना थप गर्न प्रस्ताव गरिएको र प्रधानमन्त्रीले प्रस्ताव पठाए म्याद थपिदिने आश्वासन दिएको उनको भनाइ छ ।

जेनजी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएको भन्दै दोषी पहिचान गरी कारबाही सिफारिस गर्ने कार्यादेशसहित सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।