जनकपुर । मधेस प्रदेशमा लामो समयदेखि रिक्त रहेको सभामुख पदको निर्वाचन पुस ६ गते हुने भएको छ ।
प्रदेशसभा बैठकमार्फत निर्वाचन प्रक्रिया सम्पन्न गरी नयाँ सभामुख चयन गरिने उपसभामुख बबिता राउतले जानकारी दिएकी छन्।
सभामुख चयनका लागि आवश्यक निर्वाचनसम्बन्धी सूचना प्रकाशित गरी सार्वजनिक गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिइसकेको राउतको भनाइ छ । यसअघि बुधबार नै प्रक्रिया अघि बढाउने योजना भए पनि नेकपा (एमाले) को ११ औँ महाधिवेशनका कारण स्थगित भएको थियो।
एमालेका प्रदेशसभा सदस्यहरू महाधिवेशनमा व्यस्त भएकाले प्रक्रिया केही समयका लागि ढिला भएको सचिवालयले जनाएको छ। अब पुस ६ गतेको बैठकबाट मधेस प्रदेशसभाले नयाँ सभामुख पाउनेछ ।
सत्तारुढ गठबन्धनबीच मधेशको सभामुख जसपालाई दिने सहमति भइसकेको छ । यसअघि एमालेबाट सभामुख रहेका रामचन्द्र मण्डललाई प्रदेशसभाको दुईतिहाई बहुमतले पदअनुकुकल अचारण नगरेको आरोपमा बर्खास्त गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।