लोड हुँदैछ...

मेनु

करेन्ट लागेर धनकुटामा बालकको मृत्यु

करेन्ट लागेर धनकुटामा बालकको मृत्यु

विराटनगर । धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित चौतारामा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । आज बिहान करिब ९ बजे विद्युतको सपोर्ट तारबाट करेन्ट लाग्दा बालकको मृत्यु भएको हो ।

पाख्रीबास–५, गैरीगाँउ बस्ने बस्ने १४ वर्षीय बादल तामाङको मृत्यु भएको हो । बिहान दाउरा काट्न जङ्गलमा गएका बेलामा बिजुलीको खम्बालाई सपोर्टका लागि भुँईमा गाडिएको तारबाट उनलाई करेन्ट लागेको थियो ।

प्रहरीका अनुसार करेन्ट लागेका तामाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।