विराटनगर । सुनको मूल्य आज पनि बढेको छ । मंगलबारको तुलनामा आज सुन तोलामा ७०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ५९ हजार ७०० कायम भएको छ ।
अघिल्लो दिन दुई लाख ५९ हजारमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदी पनि १७० रुपैयाँले बढेर चार हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।