विराटनगर । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार घटेको छ ।
अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य काठमाडौंको लागि तोकिएको हो । काठमाडौं बाहिर मूल्य १ हजार रुपैयाँ हाराराहारी बढि पर्नेछ ।
मंगलबार चाँदीको भाउ भने बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ८७० रुपैयाँ रहेको चाँदी आज १५ रुपैयाँले बढेर ३ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
गत शुक्रबार चाँदीले हालसम्मकै उच्च ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाएको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।