लोड हुँदैछ...

मेनु

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम घट्यो

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम घट्यो

विराटनगर । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ ।

पछिल्ला तीन कारोबार दिनदेखि घट्दो क्रममा रहेको नेप्से यस दिन ६.७४ अंकले बढ्दै २६०६१ विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स २.०१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंकले उकालो लागेको छ। नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आइतबार करिब ४ अर्ब रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३२९ स्टकको ५६ हजार १२२ पटकको कारोबारमार्फत ३ अर्ब ४४ करोड १९ लाख ३ हजार रुपैयाँ बराबरको ७७ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारका क्रममा स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले बढ्दा हिमस्टार ऊर्जा कम्पनीको शेयरमूल्य सर्वाधिक ६.९५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहँदै १४ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको कारोबार रकम १४ करोड रुपैयाँ नाघ्दा नेपाल एसबिआई बैंकको करिब साढे १३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

बजारका १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूह घटेको छ । वित्त उपसमूह करिब १ प्रतिशतले बढ्दा होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।