विराटनगर । चलचित्र ‘झरीपछिको इन्द्रेणी’को ओएसटी (गीत) सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको आधिकारिक युट्युब च्यानल मार्फत आइतबार साँझ उक्त गीत सार्वजनिक गरिएको हो ।
‘आम नेपाली बुवा’ शीर्षक दिइएको यस गीतमा बालेनको र्याप र शब्दरचना रहेको छ । गीतको विशेष पक्ष भनेको यसको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ समावेश गरिनु हो । र्यापको कोरस गायनमा दीक्षा उप्रेतीले साथ दिएकी छन् ।
आम बुवाको संघर्ष, त्याग र पारिवारिक जिम्मेवारीलाई र्यापको मुख्य विषयवस्तु बनाइएको छ । गीतको भिडियोमा चलचित्रका विभिन्न दृश्यहरूलाई समेटिएको छ ।
अर्जुन घिमिरे ‘पाँडे’को निर्देशन रहेको यो चलचित्र आगामी पुस ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य, बिमोचन दवाडी, जेसिका पोखरेललगायतका कलाकारहरूको अभिनय रहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।