लोड हुँदैछ...

मेनु

लागू औषध सहित ४ जना पक्राउ, ९ सय २१ किलो ६६ ग्राम गाँजा बरामद

लागू औषध सहित ४ जना पक्राउ, ९ सय २१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका–५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसै गरी सुनसरीको धरान( ११ कि रोशनी राई र धरान–१५ की खुशी राईलाई लागू औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका(१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

यसैबीच मोरङको रंगेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । मंसिर २४ गते राती बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका–८ स्थित खेतमा रहेको रुख मुनी परालले छोपी लुकाई छिपाई राखेको अवस्थामा (२९ बोरा) ९ सय २१ किलो ६६ ग्राम गाँजा बरामद गरेको हो । वेवारिसे अवस्थामा गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।