लोड हुँदैछ...

मेनु

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते

विराटनगर । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।

बा.२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको हो। ट्राफिक प्रहरीका अनुसार बस सडकबाट करिब २५ मिटर तल खसेको थियो।

दुर्घटनालगत्तै प्रहरी, स्थानीयवासी तथा उद्धार टोली घटनास्थल पुगेका थिए। घाइते सबैलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।

घाइतेहरूको अवस्था र परिचय खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने तत्काल खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।